बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय: शिक्षामन्त्री

४ बैशाख २०७४, सोमबार ११:५८

बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एकदिने कार्यशाला गोष्ठीमा उहाँले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताउनुभएको हो । 

शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताउनुभयो । 

“अहिले हामी सङ्घीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।” 

मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षकको अहिलेको जस्तो मर्यादा सङ्घीयमा पनि हुने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाइनुपर्ने उहाँले बताउनुभयो । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले केन्द्रीय तहमा शिक्षकको व्यवस्था नगरिएको जानकारी गराउनुभयो । “अब प्रदेश र स्थानीय तहमा शिक्षक हुन्छन्”, उहाँले थप्नुभयो – “धेरै शिक्षक स्थानीय तहमा रहने छन् ।” 

शिक्षाविद् डा विद्यानाथ कोइराला र प्रा डा मनप्रसाद वाग्लेले स्थानीय तहका शिक्षकलाई बढी जिम्मेवार बनाए शिक्षामा सुधार हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’