बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय: शिक्षामन्त्री

२०७४, ४ बैशाख सोमबार ११:५८

बैशाख ४, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एकदिने कार्यशाला गोष्ठीमा उहाँले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताउनुभएको हो । 

शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताउनुभयो । 

“अहिले हामी सङ्घीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।” 

मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षकको अहिलेको जस्तो मर्यादा सङ्घीयमा पनि हुने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाइनुपर्ने उहाँले बताउनुभयो । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले केन्द्रीय तहमा शिक्षकको व्यवस्था नगरिएको जानकारी गराउनुभयो । “अब प्रदेश र स्थानीय तहमा शिक्षक हुन्छन्”, उहाँले थप्नुभयो – “धेरै शिक्षक स्थानीय तहमा रहने छन् ।” 

शिक्षाविद् डा विद्यानाथ कोइराला र प्रा डा मनप्रसाद वाग्लेले स्थानीय तहका शिक्षकलाई बढी जिम्मेवार बनाए शिक्षामा सुधार हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल