बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँ"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समसामयिक विषयमा छलफल गर्न ५ दलको बैठक

६ बैशाख २०७४, बुधबार ०५:५६


बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँच दलको बैठक बोलाउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा शान्तिपूर्ण एवम् निष्पक्षरुपमा निर्वाचन सफल बनाउने र निर्वाचनप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । करिब २० वर्षपछि मुलुकमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हँुदैछ । 

निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्काेतिर मुलुकभर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नपाउने भएपछि व्यवस्थापिका–संसद्बाहिरका साना दलले अनशन सुरु गरेका छन् । 

त्यस्तै, संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मोर्चा निर्वाचनमा सहभागी हुने गरी सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आजको बैठकमा यिनै विषयमा गम्भीररुपमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने