२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

२०७४, ६ बैशाख बुधबार ०७:२८

बैशाख ६, बनेपा । काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । 

बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मङ्गलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो । 

पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुङ्गो लागेको जानकारी दिनुभयो । 

उहाँका अनुसार पनौती नगरपालिकामा मात्रै आठ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार