३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

६ बैशाख २०७४, बुधबार ०७:२८

बैशाख ६, बनेपा । काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । 

बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मङ्गलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो । 

पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुङ्गो लागेको जानकारी दिनुभयो । 

उहाँका अनुसार पनौती नगरपालिकामा मात्रै आठ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’