२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

२०७४, ७ बैशाख बिहीबार ०८:२५

बैशाख ७, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ । 

तेत्तीस वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ्रे गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१/२१ र सात वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभएको छ । 

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा पाँच जना तेस्रो लिङ्गी पनि समावेश छन् । 

कार्यालयले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो । जसबाट चार हजार ३८५ नयाँ मतदाता थपिएका थिए । 

महानगरपालिकामा एक लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुच्छे«मा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् । दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका एक लाख ९७ हजार ६६८ मतदाताले मतदान गरेका थिए । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

महानगरमा एक प्रमुख एक उपप्रमुख, चार गाउँपालिकामा चार अध्यक्ष÷चार उपाध्यक्ष,महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १४४ वडा सदस्य, ७२÷७२ महिला सदस्य र दलित महिला सदस्य निर्वाचित हुनेछन् भने नगरसभा र गाउँसभाले ११ जना दलित र अल्पसङ्ख्यकबाट मनोनीत गर्ने प्रावधान रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण