३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका काँग्रेस नेतामाथि साङ्घातिक आक्रमण

८ बैशाख २०७४, शुक्रबार १२:५७

बैशाख ८, बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । 

गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । 

कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ । भट्टलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल बैतडीका डा प्रनाम जैरुले जानकारी दिनुभयो । 

भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

यसैबीच आफ्ना नेता ईश्वरदत्त भट्टमाथि आक्रमण भएपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका आकस्मिक बैठक बसिरहेको छ । बैठकले छानबीन टोली गठन गर्ने कोषाध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । 

कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली काँंग्रेससँग आवद्ध रहेका भनिएको भए पनि आफ्नो पार्टी र कुनै भातृसङ्गठनसँग ती व्यक्ति आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’