३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर खैरीघाटमा १३३ जना एमाले प्रवेश

९ बैशाख २०७४, शनिबार ०३:५३


बैशाख ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका–३ खैरीघाटमा शुक्रवार एक कार्यक्रमका विच काग्रेस पाटी परित्याग गरि गणेश बिष्ट नेतृत्वमा नर बहादुर बिष्ट, प्रेम बहादुर कुवर, राजेन्द्र बिष्ट, लक्ष्मी बिष्ट, शुशिला बिष्ट, मोहन, गिरी, गणेश उपाध्याय, नितेश बिष्ट, रोहित बिष्ट, लगायत १३३ जनाले एमाले प्रवेश गरेका छन् । 

बैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई लक्षित गरि काग्रेसको अड्डा मानिने खैरिघाटका नेपाली काग्रेसका कार्यकर्ताले काग्रेस प्रति असन्तुष्टी देखाउदै पाटी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमालेका जिल्ला कमिटि सदस्य अक्ल बहादुर बिष्टले चालेको कुटनैतिक पहलले आज एमालेमा प्रवेश गर्नेको ओईरो लागेको एमाले बेल्डाँडी गाउँ कमिटीले जनाएको छ ।

वडा कार्यालय उदघाटको अवसर पारेर आज पाटी प्रवेश कार्यक्रम गरिएको एमालेले जनाएको छ । एमालेमा प्रवेश भएका नव कार्यकर्ता गणेश बिष्टले भने “काग्रेसले आफुलाई ठुलो सागर भन्दै आप्ना आसेपासेलाई टिकट दिने र सहि कार्यकर्ताको मुल्याङ्कन गर्न नसकेकाले म जस्ता कार्यकर्ताले काग्रेस परित्याग गरेको बताए” । अवको निर्वाचनमा एमालेले बुहुमत ल्याउने ठोकुवा गर्दै  एमाले बाहेक अरुले यो गाउँपालिकालाई निकास दिन नसक्ने बताए । 

बेल्डाँडी एमाले गाउँपालिकाका अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा शुरु भएको कार्यक्रमा प्रदेश नं.७का सदस्य खेम सुवेदी प्रमुख अतिथि रहेका थिए । अतिथिमा एमालेका कमला कार्की, विर बहादुर बिष्ट, धन बहादुर थापा, प्रेम सिह साउद, लाल बहादुर रावत लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि रहनु भएका सुबेदीले नव कार्यकर्तालाई धन्यवाद दिएका थिए  । उनले पाटीको जिम्मा युवालाई आएको समेत बताए ।

नेपाली काग्रेस बाट निर्वाचित सांसद दिवान सिह बिष्ट खैरीघाटमा बैठक बसेकै बेला बैठक बाट उठेरै पाटी परित्याग गरेको एमालेले जनाएको छ । 

बेल्डाँडी नेपाली काग्रेस गाउँपालिका कार्य समितिका सभापती हर्कदेव जोशीले किन रुष्ट भए आफुहरुलाई थाहा नभएको बताए  उनले भने चुनावको बेला आउने जाने कार्य चलिरहने जनाए । 

१३३ जना कार्यकर्ता एकै गाउँबाट पाटी परित्याग गर्दा काग्रेसलाई निकै ठुलो झट्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’