कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमालेले वोहरालाई मंगलसेन नगरपालिका मेयरमा सिफारिस गर्यो

९ बैशाख २०७४, शनिबार ०५:५५

कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला कमिटी अछामको वैठकले उहाँलाई सिफारिस उम्मेदार गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख भिम जनालाले जानकारी दिनु भयो । २०१६ सालमा साविकको मंगलसेन गाविस वडा नं ९ मा जन्मनु भएका नेता वोहरा २०३६ सालवाट सामाजिक क्षेत्रमा काम गर्न सुरु गर्नु भएको हो । 

२०४७ सालवाट नेकपा एमालेमा आवद्ध भई उहाँले राजनितिक यात्रा अघि वढाउनु भएको थियो । नेकपा एमालेका जिल्ला संगठन विभाग प्रमुख र मंगलसेन नगर ईन्चार्ज समेत रहनु भएका नेता वोहरा २०४८ सालको स्थानीय निकायको चुनाववाट मंगलसेन गाविस वडा नं ९ मा नेकपा एमालेवाट उपाध्यक्षमा विजयी हुनु भएको थियो । 

तेतीवेला नेकपा एमालेवाटै मंगलसेन गाविस वडा नं ८ निवासी दान वहादुर धामी मंगलसेन गाविसको अध्यक्ष विजयी हुनु भएको थियो । २०५४ सालमा नेकपा एमालेवाट नवल सिंह वोगटी मंगलसेन गाविसको अध्यक्ष्य विजयी हुँदा एमाले नेता वोहरा उपाध्यक्ष्य विजयी हुनु भएको थियो । 

आफ्नो जिवन नै समाजसेवमा समर्पण गर्ने अठोट लिनु भएका नेता वोहरा विभिन्न समयमा साविकको मगलसेन गाविस वडा नं ८ मा रहेको राधा मावि, मंगलसेन गाविस वडा नं ५ मा रहेको षोड्शा उच्च मावि र अछाम वहुमुख क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष भएर क्याम्पस तथा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा महत्वपुर्ण योगदान दिनु भएको छ । 

विभिन्न सामाजिक क्षेत्रमा लामो समयसम्म काम गरिसक्नु भएका नेता वोहरा हाल सम्म कुनै पनी किसिमको नराम्रो कुरामा मुछिनु भएको छैन । 

कहिल्यै पनी कुनै प्रकारको आर्थिक प्रलोभनमा नपर्ने नेता वोहरालाई मंगलसेन वासिले जहिले पनी अविभावककोरुपमा लिने गर्दछन । आफु माथी मंगलसेनका जनताहरुको माया र विश्वास रहेकाले आफ्नो जित शुनिश्चित भएको उहाँको दावी छ । 

यस्तै जिल्लाको मेल्लेख गाउँपालिकाबाट नेकपा एमालेबाट हिरण्ड भट्टराई र रामारोशन गाउँपालिकाबाट २०५४ सालमा चाफामाण्डौ गाविसबाट निर्वाचित अध्यक्ष चक्र रावल सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटी अछामले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु