२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडा अध्यक्षको उम्मेदवार हुन ३ शिक्षकद्वारा राजीनामा

२०७४, ९ बैशाख शनिबार ०७:२६

बैशाख ९, ताप्लेजुङ । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ । 

काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहनुभएको छ । 

सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाउनुभएको छ भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाउनु भएको बताइएको छ । 

यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिनु भएको हो । खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण