३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडा अध्यक्षको उम्मेदवार हुन ३ शिक्षकद्वारा राजीनामा

९ बैशाख २०७४, शनिबार ०७:२६

बैशाख ९, ताप्लेजुङ । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ । 

काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहनुभएको छ । 

सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाउनुभएको छ भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाउनु भएको बताइएको छ । 

यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिनु भएको हो । खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’