२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा एमालेले छान्यो मतदानबाट तीन उम्मेदवार

२०७४, ९ बैशाख शनिबार ०७:५७

बैशाख ९, पोखरा । नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रकृयाबाट तीन/तीन जनाको नाम सिफारिस गरेको छ । 

गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ सुवेदीलाई प्राप्त मतका आधारमा सिफारिस गरिएको हो । 

त्यस्तै नगर उपप्रमुख पदमा पार्टीका उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारीलाई पनि मतदान प्रक्रियाबाट सिफारिस गरिएको हो । सो मतदान प्रक्रियामा पार्टीका महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गर्नुभएको थियो । 

यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए । सिफारिसमा परेका दाबेदारलाई जिल्लाले प्रदेशमा र प्रदेशको सिफारिसमा स्थायी कमिटीले उम्मेदवार तोक्ने जिल्ला कमिटीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण