२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछामको तर्फबाट मेयर र उपमेयरका उम्मेद्धारको सिफारिस प्रदेश कमिटीमा

२०७४, ९ बैशाख शनिबार १७:३५

कमल रावल | बैशाख ९, अछाम | नेकपा एमाले जिल्ला कमिटी अछामले एमालेको तर्फबाट मेयर र उपमेयरमा उम्मेद्धारि दिने उम्मेद्धारको सिफारिस प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

अछामका ४ वटा नगरपालिका र ६ गाँउपालिकाबाट प्रतिनिधीत्व गर्ने मेयर र उपमेयर अन्र्तगत रामारोशन गाँउपालिकाबाट २ वटै पदमा एक एक जना मात्र निर्विरोध चयन भएका छन । रामारोशन गाउपालिकामा मेयरका लागि चक्र बहादुर रावल र उप मेयरमा विन्द्रा साउदको नाम सिफारिसका लागि निर्विरोध प्रदेश कमिटीमा चयन भएको हो । यता जिल्ला सदरमुकाम मंगलसेनमा रहेको मँगलसेनमा नगरपालिकामा मेयरमा पदम बोहराको नाम निर्विरोध चयन भएको छ भने उपमेयरका लागि ३ जना महिलाको सिफारिस गरिएको छ । जसमा सरिता उपाध्याय, सरला रावल र भावना विकको नाम रहेको छ । 

उता चौरपाँटी गाँउपालिकाबाट उपमेयरका लागि सुशिला बोगटीको नाम निर्विरोध भएपनि मेयरका लागि ३ जनाको नाम सिफारिस भएको छ । मेयरका लागि राम बहादुर आउजी, खडक खड्का र हर्क साँउद रहेका एमाले प्रचार प्रसार विभाग प्रमुख भिम जनालाले बताउनु  भयो । कमलबजार नगरपालिकाबाट उपमेयरमा मना अधिकारी निर्विरोध भएपनि मेयरका लागि ३ जना बल बहादुर कुवर, दिपक अधिकारी र शारदा बिष्टको उम्मेद्धारि रहेको छ । 

उता जिल्लाको तुर्माखाद गाउपालिका बाट मेयरका लागि पदम बुढाको नाम सर्वसमत भएपनि उपमेयरका लागि ३ जना दाबेदार रहेका छन । जसमा गोमती शाही, निर्मला न्यौपाने र बिमला शाही रहेका छन । 

उता जिल्लाको सबै भन्दा ठुलो नगरपालिका साफेबगरबाट मेयरका लागि गोबिन्द कुवर, शिलोज कुवर र पशुपती कुवर तथा उपमेयरका लागि अमृता खड्का, विर्मला बुड्थापा र दुधकला बिष्टको उम्मेद्धारि रहेको छ । पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरका लागि नन्द कडायत, योगेन्द्र बिष्ट र दुर्गा विक तथा उपमेयरमा लक्ष्मी बोगटी र राधिका सञ्ज्यालको उम्मेद्धारी रहेको छ । मेल्लेख गाउपालिकाबाट मेयरका लागि हिरण्ड भट्राई, हेमराज शाह, उपमेयरमा कृष्णा खड्का, पार्वती बोहरा, सँगिता महरा रहेका छन । जयगढ बान्नीगढी गाउपालिकामा मेयरका लागि कमल तिमिल्सैना, मान बहादुर साउद छन भने उपमेयरका लागि निर्मला रावल र रतन तामागको उम्मेद्धार सिफारिस गरिएको छ । ढकारी गाउपालिकाबाट बाट मेयरका लागि शेर बहादुर बुढा, नवराज साउद, धर्म शाही तथा उपमेयरका लागि देउकला खत्रि, जानकी साउद र विर्मला थापाको उम्मेद्धारि रहेको छ । यस अघि नेकपा एमाले जिल्ला कमिटी अछामले ९१ वडाका वडा अध्यक्ष २ जना खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्यको टुगो लगाईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने