२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारको टुङ्गो लगाउनै कठिन !

२०७४, १० बैशाख आईतवार ०८:४०

बैशाख १०, चितवन | लामो समयपछि स्थानीय तहको निर्वाचनमा आकाङ्क्षी बढेपछि दलहरुलाई उम्मेदवार चयन गर्न कठिन भएको छ । 

वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा जिल्लाबाट–५ सय चारजना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । उनीहरुले मनोनित गर्ने २० जनासहित यो सङ्ख्या पाँच सय २४ पुग्ने छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छ । सबै दलले वडा तहको उम्मेदवारको टुङ्गो अन्तिम चरणमा पुर्याए पनि प्रमुख र उपप्रमुखमा भने आकाङ्क्षी बढी भएपछि टुङ्गाउन कठिन भएको जनाएका हुन् । 

नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले राप्ति नगरपालिका र इच्छा कामना गाउँपालिकाको प्रमुख र उपप्रमुखसहित सातै तहका सबै ९८ वडा अध्यक्ष र सदस्य टुङ्गो लागेको बताउनुभयो । 

नेपाली काँग्रेसले राप्ति नगरपालिकाको प्रमुखमा किरणभूषण ओली र उपप्रमुखमा अनिता मैनालीलाई उठाउने भएको छ । त्यसैगरी इच्छा कामना गाउँपालिकामा गीता गुरुङ्लाई प्रमुख र कृतिकुमार श्रेष्ठलाई उपप्रमुखमा उठाउने भएको छ । भरतपुर महानगरमा प्रमुखका लागि मात्र ३४ जना र उपप्रमुखका लागि १५ जनाले इच्छा व्यक्त गरेको सभापति श्रेष्ठले बताउनुभयो । 

नेकपा एमालेले भरतपुर महानगरपालिका– २ नम्बर वडा र रत्ननगर नगरपालिकाको १, तीन र १५ बाहेक स्थानीय तहका सबै वडामा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले बताउनुभयो । नेकपा एमालेले भरतपुर महानगरका लागि प्रमुखमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली र विजय सुवेदीको नाम केन्द्रमा सिफारिस गरेको छ । 

रत्ननगर नगरपालिकाको प्रमुखमा नारायण वन, उपप्रमुखमा विमला दुवाडी, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरीलाई उठाउने भएको छ भने उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको पोख्रेलले बताउनुभयो । 

त्यसैगरी राप्तिको प्रमुखमा प्रभा बराल, उप प्रमुखमा इमानसिंह लामा, माडि नगरपालिकामा नारदमणि पौडेल प्रमुखमा र ताराकाजी थारु उपप्रमुखमा, इच्छाकामना गाउँपालिकाको प्रमुखमा नारायण अधिकारी र उपप्रमुखमा जुनाराज भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । कालिका नगरपालिकाको प्रमुखमा खुमनारायण श्रेष्ठ र उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)को भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख र चार वटा वडा बाहेक अन्य वडामा उम्मेदवारको टुङ्गो लागेको जिल्ला संयोजक यमबहादुर परियारले बताउनुभयो । केन्द्रको रत्ननगर नगरपालिकामा दुईवटा बाहेक अन्य वडाको उम्मेदवारको टुङ्गो लागेपनि प्रमुख र उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको छ । केन्द्रले कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामा, राप्ति नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक, उपप्रमुखमा कल्पना लामा र इच्छाकामना गाउँपालिकामा प्रमुखमा प्रताप गुरुङ र उपप्रमुखमा सावित्री चिलवाललाई उठाउने भएको छ । माडी, खैरहनी र रत्ननगर नगरपालिकामा वडामा टुङ्गो लागे पनि प्रमुख र उपप्रमुखमा टुङ्गो नलागेको संयोजक परियारले बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहका वडास्तरमा करिब टुङ्गो लगाउने अवस्थामा पुगेको जनाएको छ भने राप्ति र माडी नगरपालिकामा भने प्रमुखको पनि टुङ्गो लगाएको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार वडामा ८० प्रतिशत उम्मेदवारको टुङ्गो लागिसकेको छ । 

राप्ति नगरपालिकामा प्रमुखमा एस के बर्तौलालाई उठाउने भएको छ भने उपप्रमुखको टुङ्गो लाग्नसकेको छैन । माडी नगरपालिका प्रमुखमा मदन पौडेल र उपप्रमुखमा मीना महतोलाई उठाउने भएको छ । इच्छाकामना गाउँपालिकाको प्रमुखमा पुरन सुनुवार उठाउन लागेको छ, भने उपप्रमुखको टुङ्गो नलागेको तिमिल्सिनाले बताउनुभयो । 

भरतपुर महानगरमा प्रमुखमा आफ्नै नाम प्रस्ताव आएको भए पनि टुङ्गो लगाइनसकेको तिमिल्सिनाले बताउनुभयो । आकाङ्क्षी बढी भएपछि दललाई उम्मेदवारको टुङ्गो लगाउन कठिन भएको हो । भोलिसम्ममा महानगरको प्रमुख र उपप्रमुख बाहेक अन्य पदका उम्मेदवारको टुङ्गो लाग्ने दलहरुले जनाएका छन् । महानगरको भने सबै दलहरुले केन्द्रमा सिफारिस गर्ने भएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी