४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

काग्रेसबाट पोखराको मेयरको लागि ३३ र उप मेयरको लागि १५ जना प्रस्तावित

११ बैशाख २०७४, सोमबार १४:३१


पोखरा, ११ बैशाख  | पोखरा लेखनाथ महानगरपालिकाका लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले जिल्लालाई मेयर र उपमेयरको नाम प्रश्ताव गरेको छ । आईतबार बसेको संयुक्त बैठकले चार वटै क्षेत्रबाट ३३ जना मेयर र १५ जना उपमेयरको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर एकबाट ९ जना मेयर र ५ जना उपमेयरको नाम सिफारिस भएको छ ।

जसमा मेयरतर्फ जिल्ला सचिव सुदिप मोहन भट्टराई सहित हेम मोहन भट्टराई, राजेन्द्रमणी लामिछाने, पुष्प भण्डारी, शिव केसी, रामबाबु भण्डारी, नगेनसिंह ठकुरी, नन्द प्रसाद तिवारी र ठाकुर कँडेलको नाम पठाईएको छ । यस्तै उपमेयरमा महिला संघकी जिल्ला सभापति कोपिला रानाभाट सहित चन्द्रावति पौडेल, बिन्दु कुमारी भण्डारी, तारा अधिकारी र विन्दु सुवेदी प्रश्तावमा परेका छन् ।

दुई नम्बर क्षेत्रबाट मेयरमा ११ र उपमेयरमा सात जनाको नाम छ । ऋषिराम काफ्ले, बाबुराम आचार्य, डा.ई. परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, बजिरमान श्रेष्ठ, हरि प्रसाद आचार्य, कृष्ण कार्की, फत्त बहादुर गुरु, विमल बहादुर कार्की, अशोक पालिखे र विश्व घिमिरे मेयरका दावेदार हुन् । उपमेयर अनिता तिमिल्सीना, माया बराल, सीता गुरुङ, सरस्वति गुरुङ, सकुन्तला गुरुङ, हिरादेवी शर्मा, आनन्दी कार्की राणाको नाम सिफारिस भएको क्षेत्रीय सभापति माधव बास्तोलाले जानकारी दिए ।

क्षेत्र नम्बर तीनबाट मेयरका लागि ११ जना र उपमेयरका लागि दुईजनाको नाम छ । मेयरमा देवराज चालिसे, बिन्दु कुमार थापा, बिरेन्द्रनारायण विजुक्छे, नरेशशंकर पालिखे, बिष्णु प्रसाद बास्तोला, ऋषिराम सापकोटा, केशव प्रसाद निर्दोषी, रामजी कुँवर, देवदत्त कोइराला, रजनी केसी र लोकेन्द्र बहादुर कोइरालाको नाम प्रश्ताव भएको छ भने उपमेयरमा सकुन्तला कोइराला र गंगा केसी छन् । चार नम्बर क्षेत्रबाट मेयरमा रामचन्द्र त्रिपाठी र दुर्गा प्रसाद तिमिल्सीना तथा उपमेयरमा मुक्ती प्रसाद तिमिल्सीनाको नाम जिल्लामा सिफारिस भएको छ ।

स्थानीय तहको लागि निर्वाचन उम्मेदवार छनौट प्रक्रिया केही दिनअघिदेखि सुरु भएको जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए । उनले मेयर र उपमेयरका लागि ईच्छुकले सम्बन्धित क्षेत्रबाट नाम सिफारिस गरेकाले सोमबार जिल्ला कार्यसमितिको बैठक बस्ने र अन्तिम खाका तयार गर्ने बताए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाको उम्मेदवार सबै क्षेत्रले टुंग्याउने केसीको भनाई छ । ‘सोमबार विहान बैठक बसेर उम्मेदवारका बिषयमा छलफल हुन्छ ।

त्यसपछि प्रक्रिया अनुसार मिलेसम्म दोश्रो चरणको बैठक बसेर जिल्लाले मेयर र उपमेयरको नाम टुंग्याउँछ, उनले भने–भएन भने आकार घटाएर केन्द्रमा प्रश्ताव पठाउँछौं ।’ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा वडाका अध्यक्ष तथा सदस्यको उम्मेदवार भने सोमबार टुंगो लाग्ने छ । आकांक्षीको नाम प्रश्ताव भैसकेकाले प्रश्तावित नामभित्रै छलफल हुने काँग्रेस कास्कीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’