बैशाख १२, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । 

गोरखा भूकम्प गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १२, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । 

गोरखा भूकम्प गएक"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

२०७४, १२ बैशाख मंगलवार ०९:१४


बैशाख १२, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । 

गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको हो । 

उहाँले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभएको थियो । उहाँले पुनःनिर्माणका लागि काठ अभाव भए नभएबारेमा समेत जिज्ञासा राख्नुभएको थियो । 

राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै सम्पदाको भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार