२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देश निर्माण गर्ने कार्यभार महिलाको काधमा आयो: कुवर

१४ बैशाख २०७४, बिहीबार ०२:१०

कमल रावल/बैशाख १४, अछाम । नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरले अब देश निर्माण तथा परिवर्तन गर्ने कार्यभार महिला दिदिवहिनीहरुको काधमा आएको बताउनु भएको छ । 

आगामी जेठमा हुन लागेको निर्बाचनमा महिला दिदिवहिनीका हक अधिकारी सुनिश्चितताका लागि अग्र स्थानका साथ जित दिलाउन सहयोग गर्नु पर्ने बताउनु भयो । अखिल नेपाल महिला सँघ साफेबगर नगर सँगठन कमिटीको भेलामा प्रमुख अतिथीको आशनबाट बोल्दै कुवरले आधा आकास नभई सिगो आकाश थाम्ने जिम्मेवारी महिलाको काधमा आएको बताउनु भयो । 

पुर्ब सभासद समेत रहनु भएका कुवरले निर्वाचन टार्ने मनासायले अहिलेको सरकाले हरेक बाहान गरिरहेकाले सच्चा देश भक्त नेपाली यो सरकारका विरुद्ध उत्रिने बताउनु भयो । देश निर्वाचन माहोल तिर अघि बढीरहेकाले जुन सुकै हालतमा पनि स्थानिय तहको निर्वाचन हुने बताउनु भयो । 

नगर अध्यक्ष रेखा कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मिना साउद रहनु भएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य गोविन्द कुवर, जिल्ला सचिवालय सदस्य शिलोज कुवर, जिल्ला सदस्य लाल बहादुर खडका, अमृता खडका, पशुपती कुवर, साफेबगर नगर कमीटी सचिब हिक्मत कुवर, शिक्षक संगठन जिल्ला उपाध्यक्ष जानकी बोहरा, नगर कमीटी सदस्य मन्जु कुवर, अनेम संघ जिल्ला कमीटी उपाध्यक्ष अप्सरा स्वार लगाएतको सभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन कीथ्थी टमट्टाले गर्नु भएको थियो । यस्तै नेकपा एमालको बाजुरा जिल्ला छेडेदह गाउँपालिका २ मा चुनावी सभा सम्पन्न भएको छ । 

आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सभा सम्पन्न भएको हो । वडा संगठन कमिटि संयोजक धन बहादुर बुढाको अध्यक्षतामा सञ्चलन भएको कार्यक्रममा युवा सँघका केन्द्रिय सचिव बचन सिह प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि सिहंले नेपाली काग्रेस चुनाव नगर्ने रणनितिमा लागको बताउनुभएको छ । उहाँले काग्रेस स्थानिय तहमा आफ्नो कम देखेरै चुनाव नगर्ने रणनितिमा लागेको बताउनु भएको हो । 

सिहंले दोस्रो पटकको चुनाव अगाडी नै बजेट ल्याउने निर्णय भए स्विकार्य नहुने बताउनु भएको छ । काग्रेसको आधार घट्दै गएको उहाँको भनाई छ । कार्यक्रममा एमाले नेता तथा छेडेदह गाउँपालिकाका अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले योजना अनुसार गाउँ विकास गर्ने बताउनु भएको छ । 

उहाँले जनताले दिएको मतको कदर गर्दै खेर जान नदिने बचन दिनुभएको छ । गाउँपालिकामा एमालेको जित सुनिश्चत भए नमुना छेडेदह गाउँपालिका बनाउने बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु