४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चुनाव सरेपछि बैतडीमा निर्वाचन गतिविधिमा सुस्तता

१५ बैशाख २०७४, शुक्रबार ०३:००

बैशाख १५, बैतडी । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ । 

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ गते हुने भनेको प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । “गाउँसहर निर्वाचनमय भइसकेको थियो”, उहाँले भन्नुभयो, “जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।” 

जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताउनुभयो । “वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ”, उहाँले भन्नुभयो, “दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।” 

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । 

यस्तै, राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो । 

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको नेकपा (एमाले) र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताउनुभयो । आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशङ्का जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताउनुभयो । 

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटको भनाइ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता