बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज य"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् माओवादी केन्द्र चितवनका उम्मेदवार (सुचिसहित)

१५ बैशाख २०७४, शुक्रबार ०८:२२


बैशाख १५, चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

सो पार्टीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । 

दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरी हुनुहुन्छ । यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार दाहालले २० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्किएको बताउनुभयो । 

आफूलाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर रेणु दाहालका रुपमा हेर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो “रेणु दाहाल प्रचण्डपुत्री मात्रै होइन, आफँैमा रेणु दाहाल हो ।” प्रवेशिका परीक्षा दिँदा दिँदै जनयुद्धमा होमिएको भन्दै उहाँले १० वर्ष जनयुद्धमा होमिएको, पार्टीबाट काठमाडौँ जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको, अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रुपमा रहेर नेतृत्व गरिरहेको, पोलिटब्यूरो सदस्यको रुपमा काम गरिरहेको, संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । 

चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारको टुङ्गो लगाएसँगै आजबाट अन्य दलहरुसँग तालमेलका विषयमा छलफल अगाडि बढाउने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)ले यसअघि नै जिल्लाका सबै वडा अध्यक्ष र सदस्यको टङ्गो लगाएर सार्वजनिक गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद