४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक घरबाट एक लाख लगानी गर्दा १० हजार मेगावाट विद्युत उत्पादन हुन्छ: ऊर्जामन्त्री

१५ बैशाख २०७४, शुक्रबार १२:४०

बैशाख १५, पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गर्नुभयो । 

आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पु¥याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताउनुभयो । 

भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उहाँले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराउनुभयो । 

वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महीनाको तलब खर्च गर्ने हो भने पाँचवटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले योजनाबद्ध विकासको थालनी गर्न सक्यौ भने १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पु¥याउन सकिने दाबी गर्नुभयो । 

नेता देव गुरुङले संविधान संशोधनबाट सवै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सवै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने बताउनुभयो । 

कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ,पूर्व अध्यक्ष झलकपाणि तिवारीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद