४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्छ: थापा

१६ बैशाख २०७४, शनिबार ०७:०१

बैशाख १६, मकवानपुर । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले सो पार्टी मकवानपुरद्वारा आज हेटौँडामा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयन क्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पार्नु भयो । 

अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र सुशासनको लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलको बीचमा समझदारी हुनु जरुरी रहेको छ भन्नुभयो । 

सो अवसरमा सांसद गणेश थापा र राप्रपाका नेता मधु अधिकारीले प्रमुख दलहरुको बीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलहरुको बीच समन्वय र समक्षदारीका साथ अघि बढनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद