2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्छ: थापा

बैशाख १६, मकवानपुर । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले सो पार्टी मकवानपुरद्वारा आज हेटौँडामा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयन क्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पार्नु भयो । 

अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र सुशासनको लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलको बीचमा समझदारी हुनु जरुरी रहेको छ भन्नुभयो । 

सो अवसरमा सांसद गणेश थापा र राप्रपाका नेता मधु अधिकारीले प्रमुख दलहरुको बीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलहरुको बीच समन्वय र समक्षदारीका साथ अघि बढनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ