२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछाममा को-को बने उम्मेद्धार ?

२०७४, १६ बैशाख शनिबार १३:४७

कमल रावल/बैशाख १६, अछाम । सरकारको पछिल्लो निर्णयपछि प्रदेश नम्बर ७ मा दोस्रो चरण अर्थात् आगामी जेठ ३१ गते स्थानीय तह निर्वाचन हुँदैछ । 

राजनीतिक दलहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा व्यस्त रहेका छन् । नेकपा एमाले अछामले भने सबै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । 

एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीको बैठकले अछामका सबै स्थानीय तहमा उम्मेद्धारी चयन गरेको छ । अछामका ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाका उम्मेद्धार छनोट गरेको हो । साँफेबगर नगरपालिकाको मेयरमा शिव बहादुर कुँवर (शिलोज) उपमेयरमा अमृता खड्का उम्मेद्धार बनाएको छ । मंगलसेन नगरपालिकामा मेयरमा पदम बोहरा, उपमेयरमा सरिता उपाध्याय उम्मेद्धार भएका छन् । 

कमलबजार नगरपालिकाको मेयरमा दीपक अधिकारी र उपमेयरमा मना अधिकारीलाई उम्मेद्धार बनाएको छ । बिनायक –पंचदेवल नगरपालिकाको मेयरमा नन्द कडायत र उपमेयरमा लक्ष्मी बोगटीलाई उम्मेद्धार बनाएको छ । 

यस्तै, ६ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्धार पनि चयन गरेको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षमा हर्क साउँद, उपाध्यक्षमा सुशिला बोगटी, मेल्लेख गाउँपालिकाको अध्यक्षमा डम्मर नेपाली, उपाध्यक्षमा समिता महर साउद उम्मेद्धार बनेका छन् । 

बान्नीगढी–जयगढ गाउँपालिकाको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा निर्मला रावल, रामारोशन गाउँपालिकाको अध्यक्षमा चक्र रावल, उपाध्यक्षमा बिन्द्रा साँउदलाई उम्मेद्धार बनाएको छ । 

यस्तै ढकारी गाउँपालिकाको अध्यक्षमा नवराज साउँद र उपाध्यक्षमा हेमा शाह र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा पदम बुढा, उपाध्यक्षमा गौमती शाहीलाई उम्मेद्धार बनाउने निर्णय भएको एमाले स्रोतले जानकारी दिएको छ । 

एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशका प्रमुख तथा उपप्रमुख छानेको छ । यद्यपि अहिलेसम्म आधिकारिक रूपमा नामावली सार्वजनिक गरिएको छैन । 

७ नम्बर प्रदेशमा ३४ नगरपालिका एक उप महानगरपालिका सहित र ५४ वटा गाउँपालिका रहेका छन् । त्यस्तै, नगरपालिका र गाउँपालिका गरी सात सय ६३ वडा रहेका छन् । नयाँ व्यवस्था र संरचना अनुसार ७ नम्बर प्रदेशमा कम्तीमा १ हजार ४ सय ६६ जना महिला सदस्य, सात सय ३३ जना दलित महिला सहितको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

नेकपा एमाले अछामले २०६४ सालको संविधान सभाको चुनावमा क्षेत्र नं. १ र २०७० सालको संविधान सभाको निर्वाचन दुवै क्षेत्रमा जित हासिल गरेको थियो । नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेरहादुर कुँवरले अछाममा एमाले कुनै पार्टीसँग तालमेल नगरी एक्लै १० वटै स्थानीय तहमा जित हासिल गर्ने दाबि गर्नु भयो । नेकपा एमालेले जनताका पक्षमा काम गर्दै आएका कारण स्थानीय तहको चुनाव वहुमत सहित विजयी हुने दाबि गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार