२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय

२०७४, १६ बैशाख शनिबार १४:०९

बैशाख १६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ललितपुरले आज ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ । 

माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ । 

माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ । 

यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार हुनुहुन्छ । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिनुभएको छ । 

कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ । 

ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । 

परिवार दलबाट उमेदवार घोषणा 

स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तर्फबाट चार महानगरपालिका र १३ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

सो पार्टीका अनुसार महानगरपालिकातर्फ काठमाडाँैको प्रमुखमा लक्ष्मीप्रसाद भण्डारी र उपप्रमुखमा श्रीमती पुनम डङ्गोल, ललितपुरको प्रमुखमा प्रदीपसिंह थापा र उपप्रमुखमा श्रीमती सरस्वती चित्रकार, भरतपुरको प्रमुखमा राजेन्द्रप्रसाद अर्याल र उपप्रमुखमा गायत्री सुवेदी र पोखरा लेखनाथको प्रमुखमा कल्पना बराल र उपप्रमुखमा गणेश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ । 

त्यसैगरी उपमहानगरपालिकातर्फ विराटनगरको प्रमुखमा तीर्थराज घिमिरे र उपप्रमुखमा लक्ष्मी राई, धरानको प्रमुखमा सङ्गीता लावती र उपप्रमुखमा रामबहादुर लिम्बू, इटहरीको प्रमुखमा सीतादेवी ढकाल र उपप्रमुखमा अशोक चौधरी, जनकपुरको प्रमुखमा पवन शाह र उपप्रमुखमा सीतादेवी झा, वीरगन्जको प्रमुखमा दिनेशकुमार अमात्य र उपप्रमुखमा तारादेवी कुर्मीलाई उम्मेदवार बनाएको छ । 

यसैगरी कलैयाको प्रमुखमा विनेश चौधरी र उपप्रमुखमा रञ्जु देवी, जितपुर सिमराको प्रमुखमा सिन्दा ठाकुर र उपप्रमुखमा रविता अधिकारी, हेटाँैडाको प्रमुखमा सानु मोक्तान र उपप्रमुखमा मायादेवी ढकाल, नेपालगन्जको प्रमुखमा गयाप्रसाद कुमाल र उपप्रमुखमा लक्ष्मी बस्नेत, बुटवलको प्रमुखमा चन्द्रसेन यादव र उपप्रमुखमा ज्ञानु गुरुङ, घोराहीको प्रमुखमा शालिकराम चौधरी र उपप्रमुखमा मायावती चौधरी, तुल्सीपुरको प्रमुखमा विष्णु पाण्डे र उपप्रमुखमा चमेली विक, धनगढीको प्रमुखमा खडकसिंह नागरी र उपप्रमुखमा निर्मला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको सो पार्टीका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो । नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गरिने र अन्य पार्टीसँग चुनावी तालमेल हुँदा माथि उल्लिखित केही नाममा फेरबदल हुनसक्ने अध्यक्ष ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा