बैशाख १८, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । 

नेपाल तेक्वान्दो सङ्घले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । 

नेपाल तेक्वान्दो सङ्घले आ"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलको विकासमा सरकारले उल्लेखनीय काम गर्यो: मन्त्री श्रीपाइली

२०७४, १८ बैशाख सोमबार ०८:१८

बैशाख १८, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । 

नेपाल तेक्वान्दो सङ्घले आज यहाँ आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक विद्यालयमा खेलमैदान निर्माण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको छ ।” 

मन्त्री श्रीपाइलीले सरकारले अनाथ बालबालिकाको सहयोगका लागि पनि विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले अनाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अनाथ बालबालिकाको वृत्तिविकासका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले प्राकृतिक र राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि तेक्वान्दो तालिम १० महिनाका लागि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले विभिन्न आठ संस्थाका २५० बालबालिकालाई उक्त तालिम दिइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै