४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरको मेयरमा काग्रेसबाट पालिखे, एमालेबाट जिसी, माओबादीको टुंगीन बाँकी

१८ बैशाख २०७४, सोमबार १६:१३


 कमल सुबेदी, पोखरा |

बैशाख १८ पोखरा | बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि कांग्रेसले  मेयर र उप मेयरका लागि उमेद्धारको टुंगो लगाएको छ । काग्रेसले  लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र  उपमेयरमा चन्द्रावति पौडेललाई उमेदवार तोकेको छ । काग्रेस जिल्ला समितिले सिफारिस गरेकाहरुबाट केन्द्रिय समितिले उमेदवारको टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिले जिल्ला समितिलाई पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा ३३ र उपमेयरमा १५ जनाको नाम सिफरिस गरेकोमा सबै नाम जस्ताको त्यस्तै केन्द्रिय समितिमा पठाइएको थियो । कांग्रेस स्रोतका अनुसार कास्की क्षेत्रनम्बर ३ बाट सिफारिमा परेका पालिखे र क्षेत्रनम्बर १ बाट सिफारिस भएकी पौडेललाई उमेदवार बनाउने निर्णय भएको हो । यद्यपी चयन भएका उमेदवारको औपचारिक घोषणा भने गरिएको छैन । 

त्यस्तै नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि मेयर र उपमेयरको उमेदवारको टुङ्गो लगाएको छ । एमाले स्थायी समितिको बैंठकले सोमवार मेयरका लागि  मान बहादुर जिसी र उपमेयरमा मञ्जुदेवि गुरुङलाई उठाउने निर्णय गरेको हो ।  एमालेमा मेयरको आकांक्षी धेरै भएपछि एमाले कास्कीले मतदान गरेर नै धेरै मत ल्याउने दुई र एक महिला उम्मेदवार सिफारिस गरेको थियो । उक्त मतदानमा जीसीले सर्वाधिक मत पाएका थिए ।जिसी एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा  जिल्ला कमिटि कास्कीका पुर्व जिल्ला अध्यक्ष समेत हुन् ।  त्यस्तै उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् ।

त्यस्तै गरि यो समचार तयार पार्दासम्म माओबादी केन्द्रको मेयर र उपमेयरमा अझै  टुंगो लागिनसकेको माओबादी स्रोतले जानाकरी दिएको छ । त्यस्तै राप्रपाले पनि मेयरमा गीता गुरुङ र उपमेयरमा रमेश खत्रीलाई अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता