४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् भरतपुर महानगरमा तीन ठूला दलका उम्मेदवार

१९ बैशाख २०७४, मंगलवार ११:४७

वैशाख १९, चितवन । भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहेका छन् । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहेका छन् ।

दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल र समर्थकमा सूर्य सुवेदी पथिक रहेका छन् । सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा एमाले र नेपाली कांग्रेसले पालैपालो उम्मेदवारी दर्ता गराएका थिए ।

माओवादी केन्द्रभन्दाअघि नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

मंगलबार बिहान १०:३० बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा र झाँकीसहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

जिल्लाका अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा पनि मनोनयन दर्ता भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता