२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरको मेयरका लागि दर्जन भन्दा बढि उमेद्धारहरुकोे उमेद्धारी दर्ता ( नाम सहित )

२०७४, १९ बैशाख मंगलवार १५:२३

पोखरा, १९ वैशाख | आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि पोखरा महानगरको मेयरका लागि दर्जन भन्दा बढि उमेद्धारहरुले उमेद्धारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरका लागि ८ जना भन्दा बढि जनाले उमेद्धरी दिएको मुख्य निर्वाचन कार्यालय कास्कीले जानाकारी दिएको छ ।

कास्कीमा एक महानगर सहित चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनाका लागि उमेद्वारी दर्ता गरेका छन् । काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि रामजी कुँवर र उप–मेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।  

एमालेले मेयरका लागि  मान बहादुर जिसी र उप–मेयरमा मञ्जुदेवी गुरुङले उमेद्वारी दर्ता गरि अगाडी सारेको छ ।मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व एमाले कास्कीका अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् । उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् । एमालेबाट उमेद्वारी दिएका जिसीले पोखराको समृद्धीको विकासका लागि काम गर्ने बताए ।


त्यस्तै गरी नेकपा माओवादी केन्द्रबाट विश्व प्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उप–मेयरमा उमेद्वारी दिएका छन् । त्यस्तै गरी मेयरमा राप्रपाले गीता गुरुङ र उप–मेयरमा रमेश बहादुर खत्रीलाई उमेद्वार बनाएको छ । संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा मेयरमा हुम गुरुङ र उप–मेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएको छ । त्यसै गरि अखण्ड नेपालबाट मोती गिरी, उपमेयरमा गोमाकुमारी रायमाझीले उमेद्वारी दिएका छन् । नेकपा मालेबाट टेकनाथ भण्डारी, परिवार दलबाट कल्पना बराल, जनमोर्चाबाट चन्द्र बहादुर केसी, राष्ट्रिय मुक्ति आन्दोलनका तर्फबाट ऋषि तिमिल्सिना, स्वतन्त्र उमेद्वार अमन थापा र रेशम पन्थीले मेयरमा उमेद्वारी दिएका छन् । नेपालकै ठुलो महानगर पालीका समेत रहेको पोखरा लेखनाथ महानगर पालीकामा १ लाख ६७ हजार मतदाता रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, त्यस्तै गरी माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेको छ भने रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता रहेका छन् । कास्कीमा निर्वाचन मार्फत ३ सय ७० जना निर्वाचीत हुनेछन ।

 देश कै ठुलो शहर पोखरा लेखनाथ महानगर स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दर्ता लागि ठुला दलले बाजाँ गाजाँका साथ उमेद्वारी दर्ता गरेका हुन् । कास्कीका ठूला दल काँग्रेस, एमाले र माओवादी लगायतका दलहरुले बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालय कास्कीमा पगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण