४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरको मेयरका लागि दर्जन भन्दा बढि उमेद्धारहरुकोे उमेद्धारी दर्ता ( नाम सहित )

१९ बैशाख २०७४, मंगलवार १५:२३

पोखरा, १९ वैशाख | आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि पोखरा महानगरको मेयरका लागि दर्जन भन्दा बढि उमेद्धारहरुले उमेद्धारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरका लागि ८ जना भन्दा बढि जनाले उमेद्धरी दिएको मुख्य निर्वाचन कार्यालय कास्कीले जानाकारी दिएको छ ।

कास्कीमा एक महानगर सहित चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनाका लागि उमेद्वारी दर्ता गरेका छन् । काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि रामजी कुँवर र उप–मेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।  

एमालेले मेयरका लागि  मान बहादुर जिसी र उप–मेयरमा मञ्जुदेवी गुरुङले उमेद्वारी दर्ता गरि अगाडी सारेको छ ।मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व एमाले कास्कीका अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् । उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् । एमालेबाट उमेद्वारी दिएका जिसीले पोखराको समृद्धीको विकासका लागि काम गर्ने बताए ।


त्यस्तै गरी नेकपा माओवादी केन्द्रबाट विश्व प्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उप–मेयरमा उमेद्वारी दिएका छन् । त्यस्तै गरी मेयरमा राप्रपाले गीता गुरुङ र उप–मेयरमा रमेश बहादुर खत्रीलाई उमेद्वार बनाएको छ । संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा मेयरमा हुम गुरुङ र उप–मेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएको छ । त्यसै गरि अखण्ड नेपालबाट मोती गिरी, उपमेयरमा गोमाकुमारी रायमाझीले उमेद्वारी दिएका छन् । नेकपा मालेबाट टेकनाथ भण्डारी, परिवार दलबाट कल्पना बराल, जनमोर्चाबाट चन्द्र बहादुर केसी, राष्ट्रिय मुक्ति आन्दोलनका तर्फबाट ऋषि तिमिल्सिना, स्वतन्त्र उमेद्वार अमन थापा र रेशम पन्थीले मेयरमा उमेद्वारी दिएका छन् । नेपालकै ठुलो महानगर पालीका समेत रहेको पोखरा लेखनाथ महानगर पालीकामा १ लाख ६७ हजार मतदाता रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, त्यस्तै गरी माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेको छ भने रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता रहेका छन् । कास्कीमा निर्वाचन मार्फत ३ सय ७० जना निर्वाचीत हुनेछन ।

 देश कै ठुलो शहर पोखरा लेखनाथ महानगर स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दर्ता लागि ठुला दलले बाजाँ गाजाँका साथ उमेद्वारी दर्ता गरेका हुन् । कास्कीका ठूला दल काँग्रेस, एमाले र माओवादी लगायतका दलहरुले बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालय कास्कीमा पगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता