४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा बालबालिका प्रयोग नगरिने रोल्पाका राजनीतिक दलको प्रतिबद्धता

२० बैशाख २०७४, बुधबार ०८:१७

वैशाख २०, रोल्पा । रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हुँदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।

प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ ।

निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन् ।

समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताइन्। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता