बैशाख २०, काठमाडौं । राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, काठमाडौं । राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भ"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारबाहिर भएपनि संशोधनको पक्षमा भोट हाल्छौं’

२० बैशाख २०७४, बुधबार ११:०८


बैशाख २०, काठमाडौं । राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै उनले भने,‘मुलुकको निकासको लागि ल्याईएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौं, हामी सरकारमा नभएपनि हाम्रो पूर्ववर्ती निर्णय यथावत छ।’

गिरीले सरकारका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्रले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे ।

उनले भने,‘हाम्रो पार्टी यो सरकारको तेस्रो ठूलो घटक थियो, तर महाअभियोग ल्याउनेबारे हामीसँग कुनै छलफल नै गरिएन, यो प्रस्ताव गैरसंवैधानिक र अप्रजातान्त्रिक छ, हामी विपक्षमा मतदान गछौं, पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि सरकारमा बसिरहनुको कुनै औचित्य हुँदैन्थ्यो।’ उनले स्वतन्त्र न्यायापालिकामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुःखद भएको टिप्पणी गरे ।

उनले दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यो निर्वाचन प्रजातन्त्रलाई बलियो बनाउनको लागि पनि अनिवार्य रहेको कुरा आफ्नो पार्टीले विगतदेखि नै पटक पटक रुपमा आवाज उठाउँदै आएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले निर्वाचनको पक्षमा सडक र सदन दुवैमा कुरा उठाएका थियौं।’

उनले यसपटकको निर्वाचन विगतको जस्तो नभएको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन पनि यो महत्वपूर्ण हुने तर्क गरे । गिरीले तोकिएकै मितिमा निवाृचन हुनुपर्छ भन्दै राप्रपा चुनावमा उत्साहजनक रुपमा सहभागी भैरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता