४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा दुई हजार ४१५ जना उम्मेदवार, कहाँबाट कति उम्मेदवार ?

२० बैशाख २०७४, बुधबार ११:५३

बैशाख २०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल दुई हजार ४१५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । 

जिल्लाको बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ८०, महिला सदस्यमा ५७, दलित महिला सदस्यमा ४२ र अन्य सदस्यमा १२४ गरी कुल ३२० जनाको मनोनयन दर्ता भएको छ । 

पनौती नगरपालिकामा प्रमुखका लागि ११ जना, उपप्रमुखका लागि ६, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४४, दलित सदस्य ४० र अन्य सदस्य १०१ गरी कुल २६५ जनाले मनोनयन दर्ता गराएका छन् । 

पाँचखाल नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४६, दलित महिला ४२ र अन्य ८४ गरी कुल २५२ जनाले मनोनयन दर्ता गराएका छन् । 

धुलिखेल नगरपालिकामा प्रमुखका लागि सात, उपप्रमुखका लागि ६ जनाले मनोनयन दर्ता गरेको मात्रै जानकारी आएको छ । विस्तृत विवरण आउन बाँकी छ । 

मण्डनदेउपुर नगरपालिकामा प्रमुखका लागि १०, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५२, महिला सदस्य ४२, दलित महिला सदस्य ३५, अन्य ८६ जना गरी कुल २३१ जनाले मनोनयन दर्ता गराएका छन् । 

नमोबुद्ध नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५५, महिला सदस्य ४१, दलित महिला सदस्य ३८, अन्य ८७ गरी कुल २३६ जनाले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै, खानीखोला गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३४, महिला सदस्य २३, दलित महिला सदस्य १५, अन्य ५१ गरी कुल १३७ जनाले मनोनयन दर्ता गराएका छन् । 

बेथानचोक गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा १९, महिला सदस्य १९, दलित महिला सदस्य १८, अन्य ३९ गरी कुल १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

भुम्लु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा चार, वडाध्यक्षमा ४३, महिला सदस्य ३१, दलित महिला सदस्य ३१, अन्य ६५ गरी कुल १८१ जनाले मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि ६, वडाध्यक्षका लागि ५६, महिला सदस्य ५१, दलित महिला ४१, अन्य १०२ गरी कुल २६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

चौरी देउराली गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा ४२, महिला सदस्य ३०, दलित महिला २७, अन्य ६४ गरी कुल १७५ जनाले मनोनयन दर्ता गराएका छन् । 

महाभारत गाउँपालिकामा पनि अध्यक्षमा ६ र उपाध्यक्षमा चारको मनोनयन भएको बाहेक विस्तृत विवरण आएको छैन । त्यस्तै तेमाल गाउँपालिकाको पनि कुनै विवरण आएको छैन । 

निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले मनोनयनको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । जिल्लामा विभिन्न पदमा ७३३ जना निर्वाचित हुनेछन् । छ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा दुई लाख ३० हजार ८४९ मतदाता रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता