४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

२१ बैशाख २०७४, बिहीबार ०७:४४

वैशाख २१, बनेपा । छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित २२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित १७८ जना दलित महिला सदस्यले उम्मेदवार मनोनयन गरेका छन ।

यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन् । मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । 

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेदवार उठाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता