२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ

२०७४, २१ बैशाख बिहीबार १२:२८

बैशाख २१, रोल्पा । नेपाल कम्युनिष्ट पार्टीसंग आवद्ध दुई जना कलाकारलाई रोल्पाको सदरमुकाम लिबाङबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन छन् । पक्राउ पर्ने अर्का एक जनाको नाम भने खुल्न सकेको छैन् । 

सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा दुबै जनालाई प्रहरी पक्राउ गरिएको जनाएको छ । यसभन्दा अघि सो पार्टीले जिल्लाका सुलिचौर र घर्तीगाउँमा सांस्कृतिक कार्यक्रम देखाइसकेको सो पार्टी रोल्पाका सदस्य सन्तोष सुवेदीले जानकारी दिनुभयो । 

शान्तिपूर्ण ढङ्गले आफ्नो कला प्रस्तुत गरिरहेका बेला सांस्कृतिक कार्यक्रम गर्न पाउने अधिकारमा समेत सरकारले हस्तक्षप गरेको भन्दै तुरुन्त रिहा गर्न सुवेदीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीले भने सोधपुछका लागि उहाँहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर