भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मे"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

रोशी गाउँपालिका प्रमुखमा एमालेको बलियो उम्मेद्वार

२२ बैशाख २०७४, शुक्रबार ०१:५२

भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मेद्वार बनाएको छ । 

उम्मेद्वार मनोनयन दर्तासंगै रोशीगाउँपालिकामा आफुले सहजै रुपमा जित हासिल गर्न सक्ने दावी गरे । रोशीखोलाका जनताको मन जित्न सफल उम्मेद्वारका रूपमा आफूलाई स्थापित गराउन गूरुयोजना सहित चुनावी मैदानमा होमिएका छन् । 

१० ओटा गा.वि.स.को संयोजनपछि बनेका उक्त रोशीगाउँपालिका अन्यभन्दा  फरक भौगोलिक र संभावना बोकेको गाउँपालिका भएकाले आफु मेहनती साथ विकास र परिवर्तनका निम्ति ज्यान दिन तयार रहेको बताउछन् । सबैलाई शिक्षाको पहुच पु¥याउन लामो समयदेखि अनवरत रूपमा शिक्षा क्षेत्रको सुधारका कार्यमा लागेका उनि शिक्षालाई नै पहिलो प्राथामिकता दिदै मस्टर डिग्री सम्म अध्ययन अध्यपान गराउने विद्यायलको स्थापनामा जोड दिएका छन् । 

मुख्यतय आफु यस निर्वाचनमा विजयपछि उक्त क्षेत्रमा खानेपानीको अभाव देखिएकाले स्वच्छ खानेपानी खुवाउने, एक घर एक रोजगार, प्राविधिक शिक्षा, पर्यटन व्यावसाय, लगाएत स्वास्थ्य क्षेत्रको विकास र वृद्धिस्तरमा प्रतिवद्धता दिएका छन्् । आम जनसमुदायको स्वास्थ्यलाई मध्य नजर गर्दै एक सय सैयाको अस्पतालको स्थापना गरेर सेवा प्रदान गर्ने बताए । 

उनले १२ ओटा वडामै दश युवा बराबर एक उद्यामी बनाउने समेत संकल्प गरेका छन् । उनले थपे रोशी गाउँपालिकालाई देशकै स्तरिय र नमूना गाउँपालिका बनाउने लक्ष्य सहति जनतामाझ मतदानको आपेक्षका गरेका छन् । 

पिन्थलीमा २००९ मा जन्मिएका लामा वि.स. २०३४ सालमै गा.वि.स अध्यक्ष भैसकेको इमान्दार, कर्मठ, विकासप्रेमी तथा शिक्षा र समाजसेवामा तत्परता रहि क्रियाशिल भूमिका निभाउँदै आएका व्यक्तिको रूपमा चिनिन्छ । 

रोशी भेगमै बज्र लामाको नसुन्ने व्यक्ति विरालै छन् । २३ वर्षसम्मा विद्यालय व्यवस्थापनमा लाग्दै हरेक गाउँबस्तीमा शिक्षाको पहुँच पु¥याउने अभिलाषाका साथ विद्यालयको व्यवस्थापन र शिक्षामा सुधार ल्याउने कार्यमा तल्लिन व्यक्ति हुन । 

त्यस्तै सामाजिक तथा महिला अधिकारकर्मीका क्षेत्रमा क्रियशिल विभिन्न सामाजिक संघसंस्थाका पद सम्हालेर सबैको नजरमा पार्न सफल व्यक्ति बबिता बोहोरालाई उपप्रमुखमा उम्मेद्वार बनाएकी छन् । सरल मिलनसार र महिलामैत्री जनप्रतिनिधिको आवश्यकतालाई महुसुस गरेको व्यक्त गर्दै आफू एमालेको तर्फबाट गाउँ उपप्रमुखमा उम्मेद्वारी दिएको बताईन् । स्थानीय तहको निर्वाचनमा आफु जित्ने शंक नभएको बताउँदै मेरो क्षमतालाई कदर गर्दै रोशी गाउँपालिकाका दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने दावी गरिन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता