पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २२, ललितपुर । ललितपुर महानगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालकी उम्मेदवार वीनाकुमारी पोडे निर्विरोध निर्वाचित भएकी छन् ।

महानगरपालिकाको वडा नं. १ मा दलित महिला सदस्य पदको निर्वाचनमा पोडे एक्लैको उम्मेदवारी मनोनयनपत्र दाखिला भएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालय ललितपुरले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार पोडे निर्विरोध दलित वडा सदस्य पदमा निर्वाचित भएको जनाएको छ ।

यसअघि नयाँ शक्तिबाटै रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर २ मा नयाँ शक्ति पार्टीेका श्रीमाया विक निर्विरोध निर्वाचित भएकी नयाँ शक्ति नेपालले जानकारी दिएको छ ।