2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ६ सय ६५ जनाको उम्मेद्धारी दर्ता

दान बहादुर बुढा/बैशाख २२, मुगु । जिल्लाभरी स्थानीय तहको निर्बाचनको निम्ति मुख्य निर्बाचन अधिकृतको कार्यालयमा ६ सय ६५ जनाको उम्मेद्धारी दर्ता भएको छ  । 

छायानाथ रारा नगरपालिकमा मेयर पदमा ८ जना पुरुष १ जना महिला गरि  ९ जना उपमेयरमा ३ जना पुरुष २ जना महिलाको उम्मेद्धारी मनोनय परेको छ । नगरपालिकामा ३७ जान पुरुष ४ जना महिला सहित ४१ जना वडाअध्यक्ष खुल्ला महिला सदस्यमा ४० जना, दलित महिलामा ३४ जनाको उम्मेद्धारी दर्ता भएको छ । 

वडातहको खुल्ला पुरुष सदस्यमा ७७ जना गरि नगरपालिकामा कुल २ सय ६ जनाको उम्मेद्धारा मनोनय भएको मुख्य निर्बाचन अधिकृत पुर्णसोर प्रसाद उपमध्यायले जनाएको छ । 

नगरपालिकामा काग्रेस, एमाले, माओबादी केन्द्र राप्रपा, माले, परिवार दल, नेककिपा, समाजबादी जनता पार्टी लगायत १२ दलले उम्मेद्धारी दर्ता गराएका छन् । 

जिल्लाको पूर्बीभेगमा रहेको मुगुम् कार्मारो गाउपालिकामा प्रमुखमा ३ जना उपप्रमुखमा ५ जना र वडाअध्यक्ष पदमा २० जनाको उम्मेद्धारी मनोनय भएको छ ।  उक्त गाउ“पालिकामा महिला २१ दलित महिला ११ जना र खुल्ला पुरुष सदस्यमा ४० जना गरि १ सयको मनोनय दर्ता भएको निर्बाचन अधिकृत बिजयराज पौडेलले फोन मार्फत जनाएका छन । 

खत्याड गाउ“पालिकामा प्रमुख पदमा ७ जना उपप्रमुखमा ५जना वडाअध्यक्षमा ३९ जना महिला सदस्यमा ३३ जना दलित महिला सदस्यमा २९ जनाको उम्मेद्धारी दर्ता भएको छ । खुल्ला पुरुष सदस्यमा ६९ जना गरि १ सय ८२ जनाको उम्मेद्धारी दर्ता भएको छ । उम्मेद्धारी दिने गाउ“बस्तीका महिला दलित पुरुष उत्साहित भएका छन् । 

सोरु गाउपालिकामा प्रमुखमा ४ जना र उपप्रमुखमा ३ जना सहित महिला दलित पुरुष सदस्य गरि कुल १ सय ७७ जनाको उम्मेद्धारी दर्ता भएको जिल्ला निर्बाचन अधिकारी राजीमान बुढाले बताए । 

खत्याड गाउपालिकामा राजबहादुर शाही र अम्मराज शाहीले प्रमुख पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् नगरपालिकामा गगनबहादुर मल्लले मेयर पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । 

जिल्लाको तीन वटा गाउपालिकाहरुमा काग्रेस, एमाले, माओबादी केन्द्र राप्रपाको उम्मेद्धारी मनोनय भएको छ । बुधबार मुख्य निर्बाचन कार्यालय उजुरी माथि छानमिन गर्ने समय तोकेको छ ।

जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख रानिमान बुढाका अनुसार ६ सय ६५ जनाले उमेदवार दीएका छन भने छाँयानाथ नगरपालीकामा मेयरको लागी ९ जना उपमेयरको लागी ५ जना र तिनै गाँउ पालीकामा १४ जना गाउँ उपप्रमुखमा ११ जना ३९ जना भाईटल पोष्टमा र अन्य महिला खुल्ला दलीत गरी ६ सय ६५ जनाले उमेदवार दिएको जानकारी गराएका छन । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ