५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

२३ बैशाख २०७४, शनिबार १०:०९

बैशाख २३, चितवन | नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । 

भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् । 

पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई नेपाली काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाहलाई नेकपा (माओवादी केन्द्र)ले सहयोग गर्ने जनाइएको छ । 

प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ । 

सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि काँग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो । 

वडामा मिलेर निर्वाचनमा जाने वा नजाने विषयमा टुङ्गो लागि नसकेको भन्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीचको साठगाठ तोड्न काँग्रेस र माओवादीबीच सहकार्य भएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्लामा काँग्रेस र माओवादी केन्द्रबाहेक अन्य कुनै पनि दलसँग निर्वाचनको तालमेल नगर्ने बताउँदै वडा नं– २६ मा नेकपा एमालेसँग गरिएको तालमेल भङ्ग भएको बताउनुभयो । 

सो वडामा सबै पदमा काँग्रेसलाई सघाउने पनि उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग तालमेल गरेर जित्ने ठाउँ काँग्रेसले छाडेको भन्दै रुष्ट कार्यकर्ता क्रमश सम्मालिँदै आएको नेपाली काँग्रेस चितवनले जनाएको छ । 

भरतपुर महानगरमा नेपाली काँग्रेस पहिलो शक्तिका रुपमा स्थापित छ । महानगर बनेको चितवन क्षेत्र–४ बाट नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइराला दोब्बर मत ल्याएर निर्वाचित हुनुभएको थियो । रासस ( तस्बिर उपलब्ध छ ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता