2026-06-28 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेद्वारा माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण

2017-05-09

बैशाख २६, सल्यान । सल्यानमा निर्वाचन प्रचार प्रसारमा लागेका माओवादी केन्द्रका कार्यकर्तामा आक्रमण भएको छ । 

सल्यानको कुमाखमालिका २ डाँडाकटेरीका आफ्ना कार्यकर्तामा एमाले कार्यकर्ताले आक्रमण गरेको नेकपा माओवादी केन्द्रले बताएको छ । 

एक विज्ञप्ती जारी गर्दै गाउँ कमिटी सदस्य पुर्ण बहादुर शाहीमाथी एमाले कार्यकर्ताले सोमबार राती आक्रमण गरेको बताइएको छ ।

हरूवा मानसिकताको पराकाष्ठा सहित गैर राजनैतिक गुण्डाको समूहले साङघातिक आक्रमण गरेको माओवादी केन्द्रले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । 

चुनाव प्रचार प्रसार समिती संयोजक गणेश शाही र अध्यक्ष चन्द्र बहादुर रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा यस्ता गतिविधिका विरुद्ध कडा भन्दा कडा कार्वाहीको माग गर्दै फेरी यस्ता गतिविधि गरेमा परिणामा नराम्रो निस्कने जनाइएको छ । 

जनतासामु निर्वाचन सामाग्रीको जानकारी गराईरहेको बेला एमाले कार्यकर्ताद्वारा साङ्घातिक आक्रमण भएको माओवादी केन्द्रले जनाएको छ ।

घाइते पुर्ण बहादुरको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको परिवारले जनाएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी