१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माओबादीले छान्यो चितवनमा नयाँ उम्मेदवार

२९ बैशाख २०७४, शुक्रबार ०६:२१

बैशाख २९, चितवन । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बन्नुभएको छ । 

उहाँलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ । 

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिनुभयो । 

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ । 

सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ । 

जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिममा पुगेको र मतदान केन्द्रमा बुथ बनाउने काम तीव्र भएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला