2026-08-31 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माओबादीले छान्यो चितवनमा नयाँ उम्मेदवार

बैशाख २९, चितवन । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बन्नुभएको छ । 

उहाँलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ । 

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिनुभयो । 

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ । 

सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ । 

जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिममा पुगेको र मतदान केन्द्रमा बुथ बनाउने काम तीव्र भएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने