२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत: आयुक्त पौडेल

२०७४, २९ बैशाख शुक्रबार ०९:२०

बैशाख २९, पोखरा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ । 

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल ¥याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गर्नुभयो । 

स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधँै रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उहाँले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राख्नुभयो । 

आयुक्त पौडेलले प्रदेश नं– ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रह गर्नुभयो । उहाँले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण