५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा चुनावका लागि आवश्यक पर्ने समाग्री व्यवस्थापन

२९ बैशाख २०७४, शुक्रबार १३:५६

बैशाख २९, कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने समाग्री व्यवस्थापनको काम थालेको छ  ।

निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत केशबसिंह भण्डारीका अनुसार चुनावमा  मतदान स्थलमा आवश्यक पर्ने मतपेटिका, मतपत्र लगायत भौतिक समाग्री व्यवस्थापन गर्ने कार्य भइरहेको हो । 

 निर्वाचन अधिकृत भण्डारीले केन्द्रबाट ठुलो आकारको ४ सय ५६ थान मतपेटीका कञ्चनपुर पुगेको बताउदै यसअघि मौज्दात रहेका मतपेटिका समेत प्रयोगमा ल्याईने बताउनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालयसँग ४ सय ठुलो तथा ३ सय ५० सानो आकारको गरेर ७ सय ५० मतपेटिका मौज्दात रहेको छ ।

 उहाँले जेठ २७ गते सम्म जिल्लाका सबै मतदान केन्द्रमा मतपेटिका तथा मतपत्र पाठाइसक्ने जानकारी दिनुभयो । त्यस्तै निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनको काम पनि थालेको बताईएको छ । कुल २ लाख ३५ हजार ७ सय ३५ मतदाता रहेको कञ्चनपुरमा २ सय ९३ मतदान केन्द्र निर्धारण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता