२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा निर्वाचनको तयारी अन्तिम चरणमा

२०७४, ३० बैशाख शनिबार ०६:३३

बैशाख ३०, चितवन । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । 

निर्वाचनका लागि एक सय ६१ वटा मतदान स्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर परिचयपत्र वितरणको कम भइरहेको छ । उनीहरूले आजसम्म परिचयपत्र वितरण गर्ने छन् । 

यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरूले गरिरहेको न्यौपानेले बताउनुभयो । एउटा केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, नायब सुब्बा वा खरिदार दुई जना र दुई जना सहायक स्तरका कर्मचारी खटिएका छन् । 

जिल्लाका सात तहका तीन सय ७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो । 

मतदानस्थलमा केन्द्रको सङ्ख्याको आधारमा सुरक्षाकर्मी खटिइसकेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौ जनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । 

बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको उहाँले बताउनुभयो । बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ । 

जिल्लामा तीन लाख १३ हजार दुई जना मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरूले सात जना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस