५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाद्वारा माओवादी केन्द्रका उम्मेदवार अपहरण

३० बैशाख २०७४, शनिबार ०७:३३

बैशाख ३०, मकवानपुर । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले शनिवार आज बिहानै नियन्त्रणमा लिएको छ ।

उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ । उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता