Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल कम्युनिष्ट पार्टीद्वारा मुगुमा निर्वाचन सामग्री कब्जा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ३०, मुगु । </b>नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री कब्जा गरेका छन् ।&nbsp;<br></p><p>छायाँनाथ–रारा नगरपालिका वडा नं. १२ को नेरा निमावि केन्द्रमा खटिएको टोलीबाट उक्त सामग्री लुटेका प्रहरीले जनाएको छ । बिहान १०: ४५ &nbsp;बजे मतदानमा खटिएका कर्मचारी खाना खान गएको मौका छोपी करिब १३५ &nbsp;जनाको समूहले प्रहरी सामग्री लुटेको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>असई भीमबहादुर शाहीको कमाण्डमा चार प्रहरी र चार म्यादी खटिएका थिए । अहिले निर्वाचन कार्यालयमा जगेडा रहेको &nbsp;निर्वाचन सामग्री र सुरक्षाकर्मी त्यसतर्फ पठाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत राजिमान बुढाले जानकारी दिए ।</p>