बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा भारतीय ट्रकमा आगजनी

३० बैशाख २०७४, शनिबार १२:२६

बैशाख ३०, कञ्चनपुर । स्थानीय तहको निर्वाचन बिरुद्धमा उत्रेको नेत्र विक्र्म चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक भारतीय नम्बरको ट्रकमा आगजनी गरेका छन् । 

शनिबार नेपाल बन्द आब्हान गरेको कम्युनिष्ट पार्टीले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा र कृष्णपुर नगरपालिका जोड्ने कलवापुरको विच जंगलमा यूए ०३१७०१ नम्बरको ट्रकमा आगजनी गरेको हो । 

प्रत्यक्षदर्शीका अनुसार चार जनाको समुहमा आएका अज्ञात व्यक्तिले गाडीको पछाडीका चक्कामा आगो लगाएर भागेका थिए । धनगढी तरकारी पु¥याएर महेन्द्रनगर आउने क्र्ममा उक्त ट्रकमा दिउँसोतिर आगजनी भएको थियो । 

घटना स्थलमा समयमै सुरक्षाकर्मी पुगेपछि ट्रकमा ठुलो क्षति भएन् । सुरक्षाकर्मीले भने आगो निभाएका थिए ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान भाँसी क्षेत्रमा एक र ट्रकमा ढुङगा प्रहार गरि सिसा फुटाएको थियो । 

 कञ्चनपुर प्रहरीले विप्लवकै कार्यकर्ताहरुले बन्दमा तोडफोड र आगजनी गरेको दावि गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले घटनाको छानबिन भईरहेको बताउदै दोसीलाई कार्बाही बताए ।  

बन्दकर्ता सडकमा नदेखिएपछि सार्वजनिक सवारी साधन बस बाहेकका अन्य सवारी साधन फाटफुट चलेका थिए । बन्दकर्ताले भने बन्दको अवाज्ञा गरेको भन्दै कार्बाही गरेको जनाएका छन् ।  भने बजार, उद्योगधन्दा समेत संचालनमा आएको प्रहरीले जनाएको छ । बन्दले कञ्चनपुरमा खासै प्रभाव नपरेको प्रहरीको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो