पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १, ललितपुर । </b>ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ । <br></p><p>अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो । प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी हुनुभएको छ । रासस </p>

