जेठ १, चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
प्रचलित निर्वाचन कानुन अनुसार मत गणना गर्ने सहमति भएपछि मतगणना शुरु भएको हो । भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।
प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेका कारण भरतपुर महानगर सर्वाधिक चर्चामा रहेको छ ।