जेठ ३, चितवन | भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ ।
उहाँले दुई हजार ८९४ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ९०२ र राप्रपाका बद्री तिमिल्सिनाले १६४ मत प्राप्त गर्नुभएको छ ।