२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोदावरी नगरपालिकामा महर्जन विजयी, तीन गाउँपालिका तीन पार्टीलाई

२०७४, ४ जेष्ठ बिहीबार ०९:५०

जेठ ४, ललितपुर । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ । 

महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गर्नुभएको छ । 


तीन गाउँपालिका तीन पार्टीलाई 

स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक÷एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन् । 

तीनवटै गाउँपालिकाको मतपरिणामअनुसार वाग्मती गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा (एमाले)का रामचन्द्र दाहाल विजयी हुनुभएको छ । 

वाग्मती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर आफ्नो जित सुनिश्चित गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गर्नुभएको छ । 

सोही गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गर्नुभएको थियो । 

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङ्तान विजयी बन्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनप्रसाद घिमिरेले एक हजार ७३२ मत ल्याउनुभएको थियो । 

सोही गाउँपालिकामा माओवादी केन्द्रकी मिङ्मा लामाले एक हजार ९३३ मत ल्याएर उपाध्यक्ष पदमा विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला दुलाल घिमिरेले एक हजार ४५७ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहालले दुई हजार ८० मतका साथ विजयी बन्नुभएयो, दोस्रो स्थानमा रहनुभएका काँग्रेसका भिमसेन घिमिरेले एक हजार ७२२ मत ल्याउनुभएको छ । 

सोही गाउँपालिकामा दुई हजार २६३ मत ल्याएर एमालेका कमला तामाङले उपाध्यक्षको पद सुनिश्चित गर्नुभएको छ । काँग्रेसका सुशीला अधिरकारीले सोही पदका लागि एक हजार ३९९ मत ल्याउनुभएको थियो । 

वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ रमा क्रमशः काँग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रोशनी श्रेष्ठले बताउनुभयो । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका उम्मेदवार राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी बन्नुभएको छ । 

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १, ३ र ५ मा क्रमशः माओवादी केन्द्रका सन्तलाल तामाङ, ध्रुव घिमिरे र सुवीन्द्र तामाङ वडाध्यक्षमा विजयी बन्नुभएको छ भने वडा नम्बर ३ र ४ मा क्रमशः काँग्रेसका तिलक लामा र तीर्थ लामा अध्यक्षमा विजयी बन्नुभएको छ । 

यस्तै महाँकाल गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा क्रमशः एमालेका सन्तमान स्याङ्तान, गङ्गारामा तिमल्सिना, शान्तप्रसाद गौतम र रामकृष्ण आचार्य वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसका खोम गौतम वडा नम्बर १ मा खोमप्रसाद दाहाल वडा नम्बर ५ बाट वडाध्यक्षमा विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा