५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था

६ जेष्ठ २०७४, शनिबार ०१:५९

जेठ ६, धनगढी | यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७ नं प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ चुनाव चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लाका हकमा उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको बताउनुभयो । 

सात नं प्रदेशकै बाजुरा र डोटी जिल्लाका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेको जनाइएको छ । कार्यालयका प्रमुख आर्यालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समयको अभाव भएको, चुनावमा सहभागी दलले केवल मत मात्रै माग्ने तर मतदान गर्ने तरिका नसिकाउने र मतपत्रको आकार पनि ठूलो भएको जस्ता कारणले पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर भएको हुनसक्ने बताउनुभयो । 

मतदाता शिक्षाका लागि शुक्रबारदेखि कैलालीमा पुनः चार सय ९० स्वयम्सेवी परिचालन गरिएको छ । सात नं प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन् । 

एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको ७ नं प्रदेशमा मतदाता सङ्ख्या १३ लाख तीन हजार चार सय १४ छ । कैलाली जिल्लामा सबैभन्दा बढी १३ स्थानीय तह छन् । यस्तै बझाङमा १२, अछाम र बैतडीमा १०÷१०, डोटी, बाजुरा, कञ्चनपुर र दार्चुलामा ९÷९ र डडेल्धुरामा सात स्थानीय तह छन् । रासस  

यस्तो हुनेछ कैलाली / कंचनपुरको मतपत्र 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता