जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । "/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको भौतिक पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध

२०७४, ७ जेष्ठ आईतवार ०९:०६

जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर केही सञ्चारमाध्यममा गलत समाचार प्रवाह भइरहेकामा ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री महराको सचिवालयले आज जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको र कुनै पनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’ 

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडकमा विनियोजित रु १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३÷७४ (क्रमागत)मा रु एक करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ । 

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको, प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ । 

सडकको प्रतिवेदन तयार भइसकेपछि निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण तीव्ररुपमा अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्रीको सचिवालयले राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका गलत प्रचारको बुझेर मात्रै धारणा बनाउन रोल्पालीलाई आग्रह गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस