जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको भौतिक पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध

७ जेष्ठ २०७४, आईतवार ०९:०६

जेठ ७, काठमाडौँ | उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर केही सञ्चारमाध्यममा गलत समाचार प्रवाह भइरहेकामा ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री महराको सचिवालयले आज जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको र कुनै पनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’ 

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडकमा विनियोजित रु १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३÷७४ (क्रमागत)मा रु एक करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ । 

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको, प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ । 

सडकको प्रतिवेदन तयार भइसकेपछि निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण तीव्ररुपमा अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्रीको सचिवालयले राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका गलत प्रचारको बुझेर मात्रै धारणा बनाउन रोल्पालीलाई आग्रह गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता