२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुद्धारा सपथ तथा पदभार ग्रहण

२०७४, ८ जेष्ठ सोमबार ०३:३०

दान बहादुर बुढा | जेठ ८, मुगु | गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुले आईतवार सपथ तथा पदभार ग्रहण गरेका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा आयोजना गरिएको एक कार्यक्रममा नगर पालिकाका प्रमुख तथा उप प्रमुख, १४ वटै वडाका प्रमुख र सदस्य गरि ७२ जनाले सपथ ग्रहण गरेका हुन् । नगरपालिकाका प्रमुख तथा उप प्रमुख र वडाका प्रमुखले मुख्य निर्वाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यायबाट सपथ लिई सकेपछि नगरपालिकाका प्रमुख हरिजंग शाहीबाट वडाका विजेता सदस्यहरुले सपथ लिएका थिए । 

सपथ तथा पदभार ग्रहण कायक्रममा आफ्नो भनाई राख्ने कार्यक्रममा बिजेता छाँयानाथ नगरपालीकाका प्रमुख हरीजङ्क शाहीले आफ्नो पहीले काम छाँयानाथ रारा नगरपालीकामा रहेका बस्तीहरुमा बिघुत सेवा नपुगेका बस्तीहरुमा ६ महिना भित्र बिघुत सेवा पु–याउने,बिश्वमै प्रख्यात रारा तलमा घुम्न आउने पर्याटकहरुको सहजको लागी पर्याटकीय पदर्मागको रुपमा कर्णाली राजर्माग हुँदै पिना, बालै, गमगढी, तुम रारा सम्मको पर्दमार्ग र मुगु जिल्लामा ठूलोरुपलिएको भष्टचारका कर्मचारी, ठेकेदार उपभोक्ता, समुहबाट भएका भष्चारको उलमुलन गर्ने समेत प्रतिबद्घता समेत गरेका छन् ।


यसैगरी उपप्रमुखकी बिजेता सकुन्तला रोकायाले आफु महीला भएकै कारण विशेष गरि महिलाहरुले सुत्केरी हुने अवस्थामा सुरक्षित प्रसुति सेवा नपाउनु, स्वास्थ्यसम्म पहुँच नभएकै कारण गर्भवति महिलाको अकालमा नै मृत्यु हुने अवस्थालाई हटाउन नगरपालिकाका सबै गाउँ बस्तिलाई पहुँच पुग्ने गरि प्रसुति सेवा विस्तारमा लाग्ने  घरायसी तथा कृषि क्षेत्रमा महिलाको सहभागिता हुने तर परम्परागत कृषि प्रणालीले गर्दा महिला हिंसा जन्य घटना, पोषणको अभाव, लैंगिक हिंसा बढ्ने भएकाले पुरषहरुलाई समेत कृषि पेसामा आबद्ध गर्ने गरि आधुनिक कृषि प्रणाली प्रारम्भ गर्ने  

समाजका अन्य क्षेत्र जस्तै राजनितीक क्षेत्रमा पनि महिलाको सहभागिता संख्यात्मक रुपमा कम हुँदा केहि असहज हुँदोरहेछ । राजनितीक दलहरुले महिलाको समानुपातिक सहभागिताका कुरा गरे पनि दल भित्रैबाट महिला माथि हेपाहा प्रवृत्ति हावी हुँदो रहेछ ।

मुगु जिल्लाकै कान्छा छाँयानाथ रारा नगर पालीकाका बडा नम्बर ४ बाट प्यानल सहित बिजेता २५ बर्षका बिस्नु भामका अनुसार अहीलेको अबस्थामा यूवाहरुको नेतृत्वको आवश्यकता परेको छ । यूवाहरुलाई बिकासका बागडोर हुन पहिले पहल गमगढी बजार देखी चारचौतार बालै बजार सम्म सडक ८ मिटरको फराकिलो, शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगार यूवालाई रोजगारको कार्याक्रम बजाउने लक्ष्य रहेको बताएका छन ।

सपथ ग्रहण पछि नगरपालिकाको कार्यालयमा गएर सवै पदाधिकारीहरुले नगरपालिकाको पदभार तथा जिम्मेवारी सम्हालेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ